लियोनेल मेसी तेस्रो पटक पिता बनेका छन् : खुशी हुँदै लेखे धन्यवाद भगवान…



काठमाडौँ । लियोनेल मेसी तेस्रो पटक पिता बनेका छन् ।

शनिबार मेसीकी पत्नी एन्टोनेला रोकुज्जोले तेस्रो छोरालाई जन्म दिएकी छन् । मेसीले सामाजिक संजाल इन्स्टाग्राममार्फत जानकारी दिदै बच्चा र आमाको स्वास्थ्य ठिक भएको जानकारी दिएका छन् ।

मेसीले लेखेका छन् – ‘धन्यवाद भगवान, सबै कुरा ठिक भयो, आमा र उ ठिक छन्, हामी धेरै खुशी छौ ।’

मेसी र एन्टोनेलाका यस अघि दुई छोरा थिए । उनीहरुका पहिलो छोरा थियागो २०१२ मा जन्मिएका थिए भने दोस्रो छोरा माटेओ २०१५ मा जन्मिएका थिए । नयाँ जन्मिएका छोराको नाम कीरो राखेको मेसीले जानकारी दिएका छन् ।

छोराको जन्म भएकै कारणले मेसीले गएराती मालागाविरुद्धको खेल खेलेका थिएनन् । मेसीको अनुपस्थितिमा पनि बार्सिलोनाले मालागाविरुद्ध २-० को सहज जित हासिल गरेको छ ।
मेसी यस सिजनको ला लिगामा पहिलो खेलमा अनुपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्