के हो एनआइसी र बैंकर्स संघ विवाद ? अन्तर बैक कारोवार रोकिदा कस्तो असर पर्छ ?



काठमाडौं । एनआइसी एसिया बैंकले शुक्रबारदेखि बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बैंकबीच विवाद चर्केको छ ।

एनआइसीले बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने घोषणा गरेपछि अन्य बैंकले यो धेरै भएको भन्दै विवाद झिकेका हुन् ।

बैंकहरुबीच बचत खातामा ८ प्रतिशत र मुद्दती खातामा ११ प्रतिशतभन्दा ब्याज नबढाउने भद्र सहमति भएको थियो । एनआइसीले ब्याजदर बढाएपछि सहमति तोडेको भन्दै ऊसँग कुनै पनि कारोबार नगर्ने निर्णय बैंकर्स संघमा आवद्ध २७ बैंकले गरेका छन् ।

बैंकहरुबीच बचत खातामा ८ प्रतिशत र मुद्दती खातामा ११ प्रतिशतभन्दा ब्याज नबढाउने भद्र सहमति भएको थियो। एनआइसीले ब्याजदर बढाएपछि सहमति तोडेको भन्दै ऊसँग कुनै पनि कारोबार नगर्ने निर्णय बैंकर्स संघले गरेको छ।

यता एनआइसी बैंकले भने ब्याजदरमा कार्टेलिङ गर्नु गलत भएको बताउँदै यसले खुला बजार नीतिको उपहास गर्ने र ‘बैंकर्स संघको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।

बैंकहरुको नियमन निकाय नेपाल राष्ट्र बैंक भने बजारले नै ब्याजदर तोक्ने हुनाले र यो बैंकहरुको आपसी विषय भएकोले यस विषयमा राष्ट्रबैंकले हस्तक्षेप नगर्ने बताएको छ ।

यस प्रकरण पछि बैंकिङ क्षेत्रमा रहेको वर्षौंदेखिको कार्टेलिङ छरपष्ट भएको छ । एनआईसी एशिया बैंकले चालेको कदमलाई बैंकर्स संघको कार्टेलिङविरुद्धको लडाईका रुपमा धेरैले बुझेका छन् ।

के हो अन्तर बैक कारोवार ?

अन्तर बैक कारोवार भनेको एउटा बैंकले अर्को बैंकसँग गर्ने कारोवार हो । कहिलेकाही कुनै बैंकमा तरल रकम अभाव हुदा त्यो बैंकले सापटीकोरुपमा दोस्रो बैंकसँग रकम सापटी लिन्छ । त्यो नै अन्तर बैक कारोवार हो । यस्तो कारोवारमा न्युनतम शुन्य दसमलव ५० देखि एक प्रतिसत व्याज तोकिएको हुन्छ । यस्तो कारोवारको अवधि पनि अल्पकालिन हुन्छ । अर्थात दुई दिन, पाँच दिन एक हप्ता दुई हप्ता आदि ।

अन्तर बैक कारोवार मात्र रोकिंदा कारोवार रोकिएको बैंकलाई खासै त्यति ठुलो असर पर्देन । तर उसले आफुसँग तरल रकम भने पर्याप्त मात्रमा राख्नु पर्छ । जस्तो हामीले कसैसँग केही समयको लागि निश्चित रकम सापटी लिए जस्तै हो अन्तर बैक कारोवार । तर हामीसँग पर्याप्त रकम छ भने हामीले सापटी लिनु पर्देन ।

तर अहिलेको अवस्थामा एनआईसीले आफुसँग पर्याप्त मात्र नगद रकम राखेको छ भने अन्तर बैंक कारोवार रोकिदा बैंकलाई खासै ठुलो समस्या पर्देन ।

प्रतिक्रिया दिनुहोस्