इतिहास बिर्सेर जित्नैपर्ने दबाबमा आज अफगानिस्तानविरुद्ध खेल्दै नेपाल



काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दै छ ।

जिम्बाबको बुलावायोमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा एक बजे सुरु हुदै छ ।

प्रतियोगिता तीन खेलमा पराजित भएको अफगानिस्तान र दुइ खेल्माप अरजित भएको नेपाल दुवैका लागि यो खेल ‘गर या मर’ को रहेको छ । यो खेलमा पराजित हुने टिमको विश्वकप छनौट यात्रा समाप्त हुने छ भने जित्ने टिमको सुपरसिक्स छनौटको आशा बाँकी हुने छ ।

नेपाल भर्सेस अफगानिस्तान इतिहास :

नेपाल र अफगानिस्तानबीच अहिलेसम्म ६ पटक खेल भएको छ । जसमा अफगानिस्तान हावी हुदै आएको छ । पछिल्ला ६ भेटमा नेपालले एक खेलमा जित हासिल गरेको छ भने ५ खेलमा अफगानिस्तान विजयी भएको छ ।

नेपालले २००४ मा मलेसियामा भएको एसीसी ट्रफीमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानले नेपाललाई विश्व क्रिकेट डिभिजन लिग ५, २००८, एसीसी ट्रफी इलाइट, २००८, एसीसी ट्रफी इलाइट २०१०, एसीसी एमर्जीङ कप २०१३ र एसीसी प्रिमियर लिग २०१४ मा गरि ५ पटक पराजित गरेको छ ।

विश्वकप छनौट खेलमा प्रमुख खेलाडीको प्रदर्शन :

तीन खेलमा पराजित भएको अफगानिस्तानका प्रमुख खेलाडी मानिने रशिद खान आफ्नो उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गरिरहेको देखिएको छ । उनले खेलेका तीन खेलमा केबल ४ विकेट लिएका छन् । त्यस्तै अफगानिस्तानका प्रमुख ब्याट्सम्यान मोहमद नाबीले उत्कृष्ट ब्याटिंग गर्दै तीन खेलमा १८१ रन बनाएर प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका छन् । नाबीले स्कटल्याण्डविरुद्ध ९२, जिम्बाबेविरुद्ध ५१ र हङकङविरुद्ध ३८ रन बनाएका छन् ।

त्यस्तै अफगानिस्तानका अर्का ब्याट्सम्यान नजबुल्लाह जर्दानले पनि विश्वकप छनौटमा राम्रो ब्याटिंग गरेका छन् । उनले तीन खेलमा १०३ रन बनाएका छन् । जसमा एक अर्धशतक सामेल छ । अफगानिस्तानका अर्का खेलाडी रामशत शाहले तीन खेलमा ८७ रन बनाएका छन् ।

पछिल्ला तीन खेलमा अफगानिस्तानका १६ बर्षिय बलर मुजीबउर रहमानले प्रतियोगिता मै अहिलेसम्म सर्वाधिक ८ विकेट लिएका छन् । अफगानिस्तानका लागि रहमान निर्णायक खेलाडी हुन् सक्दछन् ।

त्यस्तै नेपालले खेलेका दुई खेलमा नेपाली खेलाडीको प्रदर्शन हेर्ने हो भने कप्तान पारस खड्काले दुई खेलमा १०३ रन बनाएका छन् जसमा स्कटल्याण्डविरुद्धको ६३ र जिम्बाबेविरुद्ध ४० रन बनाएका थिए । त्यस्तै आरिफ शेख र शरद भेषवाकरले ५२-५२ रन बनाएका छन् । बलिङतर्फ नेपालबाट बसन्त रेग्मी र सन्दीप लामिछानेले ४-४ विकेट लिएका छन् ।

समग्र प्रदर्शन हेर्दा नेपालका लागि अफगानिस्तानका मोहमद नाबी र मुजीबउर रहमान खतरनाक हुने देखिन्छ । साथै कप्तानको समेत भूमिकामा रहेका रशिद खान र ब्याट्सम्यान नजबुल्लाह जर्दानलाई पनि कम आक्नु नेपालका लागि खतरनाक हुन सक्दछ ।

त्यस्तै नेपालको तर्फबाट कप्तान पारस खड्का नै प्रमुख खेलाडी हुन् । अहिलेसम्मका दुई खेल हेर्दा उनको भूमिका नै प्रमुख देखिन्छ । बसन्त रेग्मी, सन्दीप लामिछाने, रोहित पौडेल र आरिश शेखबाट पनि राम्रो खेलको आशा गर्न सकिन्छ ।

नेपाली टिम :

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अन्य खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् ।

प्रतिक्रिया दिनुहोस्