बाहुनको छोरा जुत्ता पालिस गर्दै सफल कलाकार…(भिडियो सहित)



काठमाडौँ, २५ फागुन

हाल एम.ए. अध्ययनरत स्वामी भट्ट नायक बन्ने सपना साकार पार्न विगतका दिनमा जुत्ता पालिस गर्थे ।

यस्तो छ उनको यथार्थ  : 
सुदुर पश्चिमाञ्चलको कन्चनपुर जिल्ला लालझाडी गाउपालिका ५ स्थीत महाबीर खल्ला निवासी पिता श्री हरिबल्लभ भट्ट र माता श्रीमती नन्दादेवी भट्टका ज्येष्ठ सुपुत्र हुन् ।

विगत ७ वर्षदेखी उनी काठमाडौँमा सङ्घर्षरत् जीवन बिताइरहेका छन् । स्वामीले आफ्ना सङ्घर्षका कथाहरु परिबर्तन खबरलाई यसरी ब्यक्त गरे ।

काठमाडौँमा बस्न कोठा नपाएपछि सडक पेटीमा सामान राखेर कुखुराको फर्ममा सुत्ने उनी बिहान बेलुकाको छाक चाउचाउले टार्थे । पानी किन्न नसकेर अरुले पिएको पानी हेरेर तिर्खा मेट्नु उनको बाध्यता रहेको थियो । जब उनलाई भोक प्यासले आकुल ब्याकुल बनायो तब उनी ज्यामी काम गर्नतिर लागे र त्यसबाट आएको पैसाले नृत्य तथा अभिनय लगातयतको फिस तिर्न र बिहान बेलुकाको छाक टार्न थाले । नयाँ बानेश्वरदेखी बसुन्धरासम्म हिँडेर ओहोर–दोहोर गर्दाको थकान त्यसैमाथी ज्यामी काम गर्दाको पीडाले धेरै सताएपछी होटलको भाडा माझ्ने कामतिर लागे । हिँडेर सङ्घर्ष गर्दाको पीडाले उनलाई साइकल किन्न प्रेरित गर्यो त्यसपछि उनले पुरानो साइकल किने र सङ्घर्षको यात्रालाई निरन्तरता दिए ।

उनी भन्छन् “सङघर्षका तीन वटा पल” उनलाई सधै याद आइरहन्छन् ।

एक दिन नक्सालमा काम गर्न गएका बेला काम लगाउने ठेकेदारले पर्खाल फोड्न आदेश दियो । कठिन काम कहिले नगरेका भट्टले ह्याम्बर चलाउदा हातबाट रगत आयो । त्यही रगत हेर्दै धुरुधुरु रोए ।

संघर्षको दौडधुप गर्दै जाने क्रममा एकदिन जुत्ता फाट्यो, जुत्ता सिलाउन भनेर बानेश्वर चोक बाटैमा रहेको जुत्ता सिउने दाईलाई जुत्ता सिलाएको कति हो भनेर सोध्दा उनले पच्चीस रुपैंया लाग्छ भनेका थिए तर भट्टसंग गोजीमा १० रुपैमा मात्र थियो । त्यो पैसाले जुत्ता सिलाउन नपुग्ने भएपछि जुत्ता सिउने दाईलाई भट्टले आफैंलाई त्यो काम सिकाईदिन आग्रह गरे ।

राजधानी कलाकेन्द्रमा नृत्य प्रशिक्षणपछि बाहिर निक्लदा साइकल पन्चर भएको रहेछ, उनीसँग हावा हाल्ने पैसा नहुदा साईकल डोर्याएर बसुन्धरा पुग्नुपर्ने बाध्यता सिर्जना भयो । कोठामा पनी पैंसा नभएकाले उनी बाटोमा रुमल्लिदै गर्दा अचानक खसेको डलर पैसा देखे र त्यही पैसा टिपेर साइकलमा हावा भरे ।

सङ्घर्षका दौरानसँगै अभिनय सिक्ने क्रममा एक दिन टिभि हेरिरहँदा यात्रा जिन्दगी नामक टेलिचलचित्र प्रसारण भइरहेको थियो त्यहाँ पर्दाको तल्लो भागमा अभिनय गर्नको लागी इच्छुक कलाकारको माग सहित फोन नम्बर दिईएको रहेछ र उक्त फोन नंं.द्धारा २०६८ सालमा उनको भेट श्रद्धेय गुरु ऋषीराज आचार्यसँग भयो र उनले आफ्नो अभिनयको इच्छा प्रकट गरे । अभिनयको प्रशिक्षणमा उहाँलाई भट्टको कला मन पर्यो र यात्रा जिन्दगीको टेलिसिरियलमा अवसर प्रदान गरे । उनको जिन्दगीमा यो अर्को अबिष्मरणीय क्षण बन्न पुग्यो ।

उक्त क्षणपछि भट्टको भाग्योदय भयो र लगातार आफन्त, झट्का , जिरे खुर्सानी ,भद्रगोलमा समेत अभिनय गर्ने अवसर प्राप्त भयो । ठूलो पर्दाको चलचित्र बधशालामा अभिनय गर्नुका साथै दाङ्ग स्वर्गद्धारी टेलिभिजनमा प्रशारित हुक्का चिलिम कमेडी सिरियलमा कथा लेखन र निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । गीत, गजल, मुक्तक लेखनमा पोख्त स्वामी नृत्य तथा अभिनयमा पनी उत्तिकै प्रखर छन् ।

फोटो फिचरमा स्वामी भट्ट :

प्रतिक्रिया दिनुहोस्