विजयी लयमा फर्कियो आर्सनल, युरोपा लिगमा मिलानमाथि महत्वपूर्ण जित



काठमाडौं । प्रिमियर लिग क्लब आर्सनल अन्तत: विजयी लयमा फर्किएको छ ।

गएराती भएको युरोपा लिगको अन्तिम १६ को पहिलो लिगमा इटालियन क्लब एसी मिलानलाई २-० ले पराजित गर्दै विजयी लयमा फर्किएको हो ।

लगातारको पराजय पछि कडा आलोचना खेपिरहेका आर्सनलका म्यानेजर आर्सन वेंगरलाई पनि यस जितले ठुलो राहत दिएको छ ।

लगातर चार खेलमा परजित रहेको आर्सनलको जितमा मेसुट ओजीलले प्ले मेकरको भूमिका खेलेका थिए । आर्सनलले गरेका दुवै गोल असिस्ट गरेर ओजीलले आर्सनलको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए । आर्सनलका लागि हेनरिक मखितार्यान र अरोन रामसीले गोल गरेका थिए । ओजीलले आर्सनलका लागि सय गोलमा आफ्नो संलग्नता देखाएका छन् जसमा ३७ गोल गरेका छन् भने ६३ गोल असिस्ट गरेका छन् ।

जितसँगै आर्सनलले पहिलो लिगमा २-० को अग्रता लिएको छ । दोस्रो लिग मार्च १६ मा आर्सनलको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्