के रेखा थापाले भेटिन् त ‘मुर्गा’ !



काठमाडौँ । मुर्गा हन्टिङ सिने नगरीमा नौलो कुरा भएन ।पछिल्लो समय यस्ता पनि नयाँ अनुहारका कलाकार देखिएका छन् जो आफैले लगानी गरेर नायक/नायिका बन्ने रहर पूरा गरिरहेका छन् । तर, केही यस्ता सेलिब्रेटी लछन् जो हरेक वर्ष एउटा पैसावाललाई मुर्गा बनाएर चलचित्र निर्माण गर्छन् । वर्षमा एउटा चलचित्र निर्माण गर्दै आएकी रेखा थापाले हालै लाल मस्तिस्क बनाउने घोषणा गरिन् ।

जहाँ मुर्गाका रुपमा भेटिए नर कार्की र तारा थापा राणा । यससँगै आमालाई निर्मात्रीको रुपमा अगाडि सारेर चलचित्रको पर्दामा देखिने रहर पूरा गर्न लागेको समाचार जनआस्थामा छापिएको छ । चलचित्र निर्देशनको जिम्मा सम्झना उप्रेती रौनियारलाई दिइएको छ भने वितरण कार्य विकास बोर्डकी अध्यक्ष, निकिता पौडेलले सम्हाल्दै छिन् । यसअघि झण्डै आधा दर्जन चलचित्र बनाउने घोषणा गरेकी रेखाका ती चलचित्र घोषणा मात्र हुनु र निर्माण नहुनुको मुख्य कारण उनले खोजेजस्तो मुर्गा फेला नपर्नु हो । (ओ एस नेपालबाट)

प्रतिक्रिया दिनुहोस्