के नेपालले आज स्कटल्याण्डलाई हराउन सक्ला ?



आइसीसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी स्कटल्याण्डसंग आज खेल्दैछ ।

जिम्बोवेको बुलावायो मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा स्कटल्याण्डले खेलेका दुई खेलमा दुबैमा जित निकाल्दै समुह बी को शिर्ष स्थानमा रहेको छ ।

उसले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो । यता नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग एक सय १६ रनले हारेको थियो ।

नेपालले सुपरसिक्सको यात्रा जारी राख्न स्कटल्याण्डलाई हराउन सकेमा सहज हुनेछ । यता स्कटल्याण्डले नेपाललाई पराजित गरेमा सुपर सिक्सको यात्रा निश्चित हुनेछ ।

पछिल्लो चार बर्षमा नेपाल र स्कटल्याण्ड ३ पटक खेलेका छन । जसमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।

नेपाल र स्कटल्याण्डको हेड टु हेड

नेपाल भर्सेस स्कटल्याण्ड
खेल ३
स्कटल्याण्ड विजयी ३
नेपाल ०

२०१४ वर्ल्डकप क्वालिफायर
स्कटल्याण्ड २४९र७ (५० ओभर नेपाल (१५९ ४६।१ ओभर
स्कटल्याण्ड ९० रनले विजयी

२०१५ डब्लुसिएल
स्कटल्याण्ड २३५र७ (३६ ओभर नेपाल २३२र५ (३६ ओभर
स्कटल्याण्ड ३ रनले विजयी

२०१५ डब्लुसिएल
नेपाल १६७ (४९।१ ओभर स्कटल्याण्ड १११ (१३।१ ओभर
डिएलमा स्कटल्याण्ड ९ विकेटले विजयी

स्कटल्याण्डको खेल अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले टिममा दबाव नभएको बताएका छन ।

तर नेपाली टिममा भोली केहि परिवर्तन हुनसक्ने उनले संकेत गरेका छन । नेपाली टिमका लागि यसपटक पनि ब्याटिङ नै मुख्य चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्