अमेजनका बेजोस विश्वकै सर्वाधिक धनाढ्य, बिल गेट्स पछि परे



वासिङ्गटन: विश्वचर्चित पत्रिका फोर्ब्स को ‘विश्वका खर्बपतिहरुको सूची २०१८’ मा यस पटक अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा उक्लेका छन् ।

उनको सम्पत्ति ११२ अर्ब डलर अर्थात करिब १०.२ लाख करोड रुपैपाँ पुगेको छ। उनी पहिलो पटक विश्वकै धनीको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

बेजोस १०० अर्ब डलर भन्दा धेरै सम्पत्ति राख्ने विश्वकै पहिलो अर्बपति पनि भएका छन् । उनी लगातार चार वर्षदेखि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पारेका हुन् ।

वर्ल्ड बिलियनेयर्स लिस्टमा ११९ भारतीय पनि सामेल छन् । यिनमा रिलायन्स इन्‍डस्ट्रिजका मुकेश अम्बानी शीर्ष स्थानमा छन् । उनी ४०.१ अर्ब डलर (करिब २.६१ लाख करोड भारतीय रुपैयाँ) सम्पत्तिसहित १९ औँ स्थानमा छन् ।

२२०८ अर्बपतिसँग कति सम्पत्ति

फोर्ब्सले यस पटक विश्वभरका २२०८ अर्बपतिहरुको विवरण संकलन गरेको छ। यिनीहरुको कुल सम्पत्ति ९.१ लाख करोड डलर रहेको छ। अघिल्लो साल यो आँकड़ा ७.७ लाख करोड डलर थियो ।

यस पटक धनीहरुको सूचीमा विश्वभरबाट २५९ जनाले प्रवेश पाएका छन् । जसले विवाहको कपडादेखि लिएर बच्चाको खेलौना र विद्युतीय कारको ब्यापार गरेर यस सूचीमा परेका हुन् ।


बिजोसको सम्पत्तिमा अघिल्लो सालदेखि ३९.२ अर्ब डलर बढेर गएको छ । समाचार अनुसार शीर्ष १० सूचीमा कुनै महिला परेका छैनन् । अमेरिकी व्यापारिक समूह वालमार्टकी एलिस वाल्टन १६ औँ स्थानमा छन् ।

फोर्ब्सको यो सूचीमा सबैभन्दा धेरै अमेरिकाका ५८५ अर्बपति परेका छन् । ३७३ अर्बपतिसहित चीन दोस्रो नम्बरमा रहेको छ ।

डोनाल्ड ट्रम्प २०० स्थान तल

यो सुचीमा अमेरिकी राष्ट्रपति तथा व्यापारी डोनाल्ड ट्रम्प गत वर्ष भन्दा २२२ स्थान तल झरेका छन् । उनको सम्पत्ति ३.१ अर्ब डलर छ । सूचीमा उनी ७६६ नम्बरमा रहेका छन् । अघिल्लो सालदेखि उनको सम्पत्तिमा ४० करोड डलरले कमी आएको छ । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्