
भद्रगोलका लोकप्रिय कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ कतार जाने भएका छन् ।
उनिहरु यहि फागुन २५ अर्थात मार्च ९ गते कतार हिडने जानकारी दिएका छन । सामाजिक कामको सहयोगार्थ कतारमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनिहरु त्यसतर्फ जान लागेका हुन । एफ एफ एल को दोस्रो वार्षिक उत्सवको अवसरमा कतारको दल्ला ड्राइभिङ एकेडेमीको हलमा हुने कार्यक्रममा जिग्री पाँडे संगै नेपालबाट अन्य थुप्रै कलाकारहरु पनि जाने भएका छन् । साँस्कृतिक कार्यक्रमबाट उठेको रकम नेपालका बालबालिकहरुको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने आयोजकले जनाएको छ ।
एफ. एफ. ले यस अघि पनि यस्ता सामाजिक कार्यहरु गर्दै आएका थिए । कार्यक्रमको बारेमा बताउदै कलाकार अर्जुन घिमिरे पाँडेले कलाकारिता संगै जोडिएर आउने सामाजिक काममा सहभागी हुदा आनन्द मिल्ने बताए । वालबालिकाको उज्वल भविष्यको लागि यो कार्यक्रमले थोरै भए पनि पुण्यको काम गर्ने उनको बिश्वास छ । उनीहरुले दीनदुखी र असाहयहरुको सहयोगका लागि भन्दै जिग्री पाँडे प्रतिष्ठाननै स्थापना गरेर काम गर्दै आएका छन् । धुर्मुस सुन्तलीको हरेक वस्ती निर्माण अभियानमा साथ दिदै आएका जिग्री पाँडेले प्रतिष्ठान मार्फत सप्तरीका दृष्टिविहीन ३ परिवारका लागि घर समेत निर्माण गरिदिएका छन् ।





