
साम्राज्ञी राज्य लक्ष्मी शाह सानो उमेरमै सफलता पाउने सेलिब्रेटीहरुमा पर्छिन् । नेपाली सिनेमा ड्रिम्सबाट ब्रेक लिएकी उनी पहिलो फिल्मबाटै रातारात सेलिब्रेटी बनिन् । उनको फिल्मको काम र स्टारक्रेज देखेर उनलाई आफ्नो फिल्ममा लिनको लागि सिनेकर्मीहरु पनि तँछाड मछाड गर्न थाले । यही प्रयासमा रहेकी अभिनेत्री झरना थापाले उनलाई आफ्नो फिल्म ए मेरो हजूर २ मा लिइन् । यो साम्राज्ञीको दोस्रो सिनेमा हो । यसपछि उनले केहि चलचित्रको सुटिङमा देश बिदेशमा पुगिसकेकी छन् ।
पहिलो फिल्म खेलेर चर्चा र सफलता पाएपछि उनले आफ्नो पारिश्रमिक पनि ह्वात्तै बढाइन् । उनी एक फिल्ममा काम गरेवापत पाँच लाख पारिश्रमिक लिन्छिन् । उनले पहिलो फिल्ममा कति लिइन् त्यसबारे भने उनले खुलाएकी छैनन् तर दोस्रो फिल्म ए मेरो हजूर २ मा उनले पाँच लाख रुपैयाँ लिएर काम गरीन् । त्यस्तै म्युजिक भिडियोको लागि पनि उनले केही समय अघि दुई लाख रुपैयाँ माग राखेको घटना ताजै छ ।
राज घरानाको झल्को दिने नाम साम्राज्ञी राज्य लक्ष्मी शाह सिनेमामा आएपछि उनको नाममा धेरै अडिन थालेका थिए । उनको नामले राजखलकको याद दिलाउँछ । उनको लवज, लवाइखुवाई र अन्य क्रियाकलापले पनि उनी राज खानदानकै भएको झल्को दिन्थ्यो ।
साम्राज्ञी राज खानदानकी भएपनि उनलाई भने आफ्नो पूर्खाहरुबारे खासै जानकारी छैन । उनलाई आफ्नो पुर्ख्यौली वीरगंज भन्नेमात्रै थाहा छ । तर उनका अभिभावकका अनुसार त्रैलोक्यविक्रम शाहका कान्छा भाई नरेन्द्र वीक्रम शाह उनका हजूरबुवाका हजूरबुवा हुन् ।
चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रिजर्भ बस्छिन् । मिडियामा चलचित्र चल्ने समय बाहेक अन्य समयमा उनलाई भेट्न मुश्किल नै पर्छ ।
तर, साम्राज्ञीको सामाजिक संजालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनका हरेक गतिविधीलाई नियाल्न सकिन्छ । हुनत, कहिलेकाही यहि दुनियाँले उनलाई तनावमा पनि पारिदिन्छ । केहि समय अगाडि मात्र इन्स्ट्राग्रामको एक तस्बिरले साम्राज्ञीलाई तनावमा पारिदियो । आफ्नो गोप्य अंगको तल खोपिएको ट्याटु इन्स्टाग्रामबाटै सार्वजनिक भएपछि साम्राज्ञी विवादित बनिन् ।
तर, उनी यहि दुनियाँबाट नै फ्यान र मिडियासँग जोडिएकी छिन् । इन्स्टाग्राममा दर्शकले उनलाई सफ्ट र हट दुबै अवतारमा देख्न पाउनेछन् । नेपाली चलचित्रका अधिकांश नायिकाहरु इन्स्टाग्रामको दुनियाँमा बढी रमाउने गरेका छन् । साम्राज्ञी पनि त्यही दुनियाँकी एक पात्र हुन् । जसलाई २ लाख ५६ हजार भन्दा बढीले फलो गरेका छन् ।





