लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको खेलमा पोर्टोसँग बिना कुनै गोल बराबरीमा रोकिएपछि पहिलो लिगमा लिएको ५-० को अग्रताको आधारमा समग्रमा ५-० ले विजयी हुदै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

लिभरपुल आफ्नो घरेलु मैदानमा पोर्टोविरुद्ध गोल गर्न असफल भएको थियो । लिभरपुल २००८-९ को सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस खेलबाट पोर्टोका स्पेनिस गोलकिपर इकार कसिलासले च्याम्पियन्स लिगमा १६७ खेल खेल्दै रेकर्ड बनाएका छन् । उनि पछि बार्सिलोनाका पुर्वखेलाडी जाभीले च्याम्पियन्स लिगका १५१ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्