क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिगमा गोल रेकर्ड बराबरी



काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्डको बराबरी गरेका छन् ।

गएराती पिएसजीविरुद्धको खेलमा खेलको ५१औ मिनेटमा गोल गर्दै रोनाल्डोले २००२-२००३ मा रुड भान निसटेलरुयले म्यानचेस्टर युनाइटेडबाट खेल्दै राखेको लगातार ९ खेलमा गोल गरेको रेकर्डको बराबरी गरेका छन् ।

रियल म्याड्रिडले २-१ ले जित्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको सो खेलमा गरेको गोल सँगै रोनाल्डोले यस सिजनमा १२ गोल गरेका छन् जसमा चार पटक २-२ गोल गरेका छन् ।

रोनाल्डोले अन्तिम पटक च्याम्पियन्स लिगमा गएको सिजनको एथलेटिकोविरुद्धको सेमिफाइनलमा गोल गर्न असफल भएका थिए । त्यसपछि खेलेका ९ खेलमा लगातार गोल गर्दै १४ गोल गरेका छन् । भान निसटेलरोयले भने लगातार ९ खेलमा कुल १२ गोल गरेका थिए ।

यस खेलमा पाएको हारसँगै पिएसजीको घरेलु मैदानमा विगत दुई बर्षदेखिको अपराजित यात्रा टुंगिएको छ । पिएसजीले आफ्नो घरेलुमैदानमा खेलेका ५१ खेलमा अपराजित रहेको थियो । जसमा ४२ जित र ९ बराबरी सामेल छन् ।

प्रतिक्रिया दिनुहोस्