जिससद्वारा कामपालाई बाह्र करोड रकम हस्तान्तरण



काठमाडौँ, २२ फागुन

काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३/७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टेशनवापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कामपाका प्रमुख शाक्यले काठमाडौँ उपत्यकाको विकासमा कामपाले मात्र केही गर्न नसक्ने भन्दै दिगो विकासका लागि एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले शहरलाई वातावरणमैत्री र सुन्दर बनाउनका लागि पनि जिसस र कामपाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । जिससका प्रमुख राजवैद्यले आफूहरुलाई पूर्णरुपमा काम गर्ने अधिकार नदिएको भन्दै गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्