
एजेन्सी । रियालिटी टिभी स्टार किम कार्दशियन पहिलो पटक सारीमा देखिएकी छन् । छोटा तथा पारदर्शी पहिरच लगाएर चर्चा कमाउँदै आएकी किम पहिलो पटक सारीमा देखिएकी हुन् । बोल्ड फोटोसुटमा रामाउँदै आएकी किम पहिलो पटक सारीमा सजिएकी हुन् । किमले एक म्यागेजिनको लागि सारीमा फोटोसुट गरेकी हुन् ।
सारीको प्रचार गर्न भारत आउँदैः
किम भोगुइ नामक फेसन प्रसारका लागि भारत आउन लागेकी छन् । किमले भारतीय फेसन डिजाइनरले तयार पारेको डिजाइनमा आफूलाई प्रस्तुति गर्ने भएकी छिन । यस क्रममा उनले भारतमा चर्चित रहेको परम्परागत पहिरन लेहेङ्गामा सजिने भएकी उल्लेख गरिएको छ ।
उनले पहिरिने ड्रेसको डिजाइनर सब्यासची मुखेर्जी रहेका छन् । मुखेर्जीले भनेका छन्, ‘मेरो विचारमा मैले बनाएको डिजाइनले किमलाई सुप्परसेक्सी र राम्रो देखिने छ ।’
किमका लागि लेहेङ्गाको तीन वटा डिजाइन गरिएको छ ।
अनमिका खन्नाले भनेकी छिन, ‘यी लेहेङ्गाहरु किमलाई म्यागजिन र रातो कार्पेट दुवैमा सुहाउँदो रहेको छ ।’ उनले लगाउँने ड्रेसमा फुल स्कर्ट र चोली रहेको छ । यसैगरी साडी र चोली पनि रहेको छ । (केन्द्रबिन्दुबाट)






