
काठमाडौं –अभिनय छाडेर राजनीतिमा राज जमाउने महत्वाकांक्षाले नयाँ शक्ति पार्टी प्रवेश गरेकी नायिका करिश्मा मानन्धर उक्त पार्टीबाट ‘आउट’ भएकी छन् । पार्टीको शनिबार र आइतबार काठमाडौंमा बसेको महाधिवेशन आयोजक समितिमा कुनै जिम्मेवारी नदिएर उनलाई ‘आउट’ गरिएको हो । नयाँ शक्ति पार्टीको आगामी वर्षको फागुन १० गतेदेखि १५ गतेसम्म महाधिवेशन तोकिएको छ ।
राजनीति गर्ने भन्दै अभिनयबाट टाढिएकी मानन्धर पार्टीमा पनि भूमिकाबिहीन भएपछि निराश भएकी छन् । उनी पार्टीमा रहँदा पनि पटक–पटक विवादित भएकी थिइन् ।
करिश्मालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै नयाँ शक्ति भित्रै पनि विवाद भएको थियो । अब करिश्माले राजनीति नै गर्छिन् कि अभिनयलाई निरन्तरता दिन्छिन् ? भन्ने चासो बढेको छ ।





