‘हिरोज्’ को ट्रेलर सार्वजनिक



चलचित्र ‘हिरोज’को ट्रेलर रिलिज भएको छ । पूर्णीमा लामाको निर्माण तथा एनबि महर्जनको निर्देशनमा बनेको हिरोजमा समावेश गीत समेत प्रदर्शन गरिएको छ ।

चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसै चलचित्र मार्फत निर्माणमा हात हालेकी पूर्णिमाले पैसाले मात्रै चलचित्र बन्दो रहेनछ भन्दै ट्रेलर रिलिज कार्यक्रममा नै आँसु झारिन । चाहेर निर्मात्री नबनेको बताउँदै उनले चलचित्र निर्माणका दौरानमा साह्रै दुख पाएको बताईन ।

चलचित्रमा शंकर महर्जनको द्धन्द्ध निर्देशन तथा शिब ढकाल र रामशरण उप्रेतीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्