खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन



भद्रपुर, २१ फागुन

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।

जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताउनुभयो ।

उहाँले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्ने जानकारी पनि दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्