नेपाललाई ३८१ रनको चुनौती



काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेले नेपाललाई तीन सय ८१ रनको चुनौती दिएको छ ।

६ विकेटको क्षतिमा पूरै ओभर खेल्दै जिम्बाब्वेले नेपाललाई ठूलो रनको चुनौती दिएको हो । जिम्बाबेका लागि सिकन्दर राजाले एक सय २३ रन बनाए भने बिन्दन टेलरले शतक पूरा गरे ।

जिम्बाब्बेका लागि राजाले ६६ बलमा नौ छक्का र रात चौका प्रहार गर्दै १२३ रन बनाएका हुन् भने टेलरले ९१ बलमा १ छक्का र ७ चौकाको मद्दतमा सय रन बनाए । सोमपाल कामीले यी दुवै विस्फोटक ब्याट्सम्यानलाई ४९ ओभरको चौथो र पाँचौ बलमा आउट गरे ।

नेपालका लागि बसन्त रेग्मीले दुई र सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्