
एजेन्सी। अमेरिकाको एलाबामामा एक महिलाले केही समय अघि एकै पटकमा तीन छोरा र तीन छोरीलाई जन्म दिएकी थिइन्। एकैपटक छ सन्तानका आमा बाबु बनेका ती दम्पती कर्टनी र एरिक हुन्।
तर उनीहरु आमाबाबु बनेको भने यो पहिलो पटक होइन। उनीहरुका पहिल्यै नै तीन छोरा थिए। एक फोटोग्राफरले १० हप्ता अगाडी मात्र जन्मिएका ती शिशुहरु सहितको परिवारको पहिलो फोटोसुट गर्ने अवसर पाएकी छिन्।फोटोसुटका क्रममा ती छ शिशुहरुलाई विभिन्न रङका पहिरन लगाइएको थियो। यो परिवारको फोटो लिन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउने अशलेले आफ्नो फेसबुक पेजमा केही तस्बिर समेत राखेकी छिन्।

ती छ सन्तानको नाममा अहिले फेसबुक पेज समेत खोलिएको छ। ६ जना सन्तान एकै पटक जन्मिएपछि यो परिवारको खबर विश्वभर चर्चित भएको थियो।





