
लिउडका सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ झण्डै ३० महिनापछि चीनको बक्स अफिसमा रिलिज भएको छ।
रिलिज भएको २ दिनमा फिल्मले निकै राम्रो प्रतिक्रिया बटुलेको छ। कबीर खानको निर्देशनमा सन् २०१५ मा रिलिज भएको ‘बजरंगी भाईजान’ को चीनमा स्पेशल प्रिमियर भयो जसमा कबीर खान र हर्षाली मल्होत्रा उपस्थित थिए।
फिल्मले घरेलु दर्शकहरु माझ जसरी बक्स अफिसमा निकै राम्रो कमाई गरेका थियो त्यसै गरी चिनमा यतिका समयपछि रिलिज हुँदा त्यसले त्यहाँ पनि निकै राम्रो व्यापार गरि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
फिल्मको व्यापार दोस्रो दिमा मात्रै २ दशमलव ८६ मिलियन डलरको कमाई गरेको छ। कुल दुई दिनको रकमलाई जोड्ने हो भने यसले चीनमा ५ मिलियन डलरको व्यापार गरेको छ।





