
अस्ट्रेलियामा एउटी महिलाले आफ्नो बच्चाको लञ्च बक्समा विषालु सर्प फेला पारेकी छन् । सर्प समात्ने रुली बरेलका अनुसार एडिलेड सहरमा एक जना महिलाले लञ्चबक्स प्याक गर्ने क्रममा बिर्को खोल्दा विषालु सर्पको बच्चा फेला पारेकी हुन् ।
बरेलका अनुसार उनले महिलालाई लञ्च बक्स बन्द गरेर त्यसर्ला बाहिर लैजाने सल्लाह दिएको बताए । त्यसपछि महिलाले उनलाई सहयोगका लागि बोलाएकी थिइन्।
बरेलले सर्पको पहिचान इस्टर्न ब्राउनका रुपमा दिए। जुन संसारकै सबैभन्दा विषालु सर्पमध्ये एक हो ।
बरलले फेसबुकका लेखेका छन्–तपाई के आफ्नो बच्चालाई फलफूल खुवाउनुअघि जाँच्नुहुन्छ ?
उनले बिना कुनै दुर्घटना उक्त सर्पलाई बाहिर निकालिएको बताए । बरेलका अनुसार सर्पको बच्चामा पनि खतरनाक जहर हुने गर्दछ ।
उनले बीबीसीसँग भने–महिला निकै भाग्यमानी थिइन्, उनले सर्पलाई देखिन् । एउटा सानो बच्चालाई यसप्रकारको सर्पले डसेको थाहै नहुन पनि सक्छ ।
सर्प समात्ने रुली बुरेलले शंका गर्दै किचनमा सर्प अरु ठाउँभन्दा अँधेरो भएकाले गएको हुन सक्ने बताए । सर्पको यो प्रजाति अस्ट्रेलियाको तटीय र भित्री क्षेत्रमा पाइने गर्दछ ।
एक तथ्यांकअनुसार गत वर्षसम्म सन् २००० पछि यो प्रजातिको सर्पे डसेर २३ जनाको मृत्यु भइसकेको छ। बीबीसी हिन्दी





