आईसीसी विश्वकप छनोट: बसन्तले २ र सन्दीपले लिए १ विकेट



काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । ५२ रन बनाएको अवस्थामा सोलोमान मिरेलाई बसन्त रेग्मीले आउट गर्न सफल भएका हुन् ।

अर्धशतक बनाएर खेलिरहेका अोपनर सोलोमोन मिरालार्इ बस्नतले विकेट किपर दिलिप नाथको हातबाट क्याच गराएका छन्। ४१ बल खेलेका मिरेले ५ चौका र ३ छक्काको मदतमा ५२ रन जोडेका थिए।

यसअघि सन्दीप लामिछानेले जिम्बाब्वेको दोस्रो विकेट झार्न सफल भएका थिए । उनले जिम्बाब्वेका सेफास झुवाओलाई आउट गरेका थिए । उनी २३ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपको एलबीडब्लु धरापमा परेका हुन् ।

बसन्तले तेस्रो क्रमका ह्यामिल्टन मासकाड्जालाई पनि २३ बलमा १७ रन बनाएको अवस्थामा आउट गरे । उनले यसअघि जिम्बाब्वेले विस्फोटक व्याटिङ गरिरहेको थियो । बसन्तले अाक्रामक खेलिरहेका जिम्बावेका अोपनर सेफास झुअावलार्इ एलबिडब्लुको धरापमा पारेका हुन् । २३ बलको सामना गरेका उनले ३ चौका र ४ छक्काको मदतमा ४१ रन जोडेका थिए।

ताजा अवस्थामा १६ ओभर बलिङ गर्दै ३ किकेटको क्षतिमा १२३ रन बनाएको छ । नेपालबाट बलिङ गरिरहेका सोमपाल कामीले २ ओभर बलिङ गर्दै २४ रन दिइसकेका छन् । त्यसैगरी पारस खड्काले १ ओभरमै १६ रन दिएका छन् भने बसन्त रेग्मीले पनि ४ ओभर बलिङ गर्दै ३० रन खर्चिँदै २ विकेट लिएका छन् । त्यसैगरी सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दैै ३२ रन खर्चेर १ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्