नवराज सिलवाल संसद्‍ भवनमा



काठमाडौं : पूर्वडीआइजी एवम् प्रहरीको खोजी सूचिमा रहेका एमाले सांसद नवराज सिलवाल शनिबार संघीय संसद भवन नयाँबानेश्वरम पुगेका छन्। एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठकमा सहभागी हुन् सांसद सिलवाल नयाँ बानेश्वर पुगेका हुन्।

निर्वाचित सांसादले सांसदको गतिविधिमा ध्यान दिनुपर्ने विषयमा एमाले र माओवादीले संयुक्त प्रशिक्षण गरेका हुन्। निर्वाचित संघीय सांसदलाई प्रशिक्षण दिँदै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मर्यादित भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। सँगै संयुक्त बैठकमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले समेत प्रशिक्षण दिए।

प्रतिक्रिया दिनुहोस्