कर्णाली प्रदेशका बिद्यार्थी नेताहरुद्वारा संघीय मन्त्री पाउनुपर्छ भनी बालुवाटारमा ज्ञापन-पत्र बुझाइयो



१९ फागुन २०७४

कर्णाली प्रदेश अरु प्रदेशको तुलनामा विकासले धेरै पिछडिएको, गरिबी, अशिक्षा र अन्धविश्वास भएको क्षेत्र हो भन्दा न्यायोचित नै होला। कर्णाली प्रदेशबाट संघीय मन्त्री मा प्रतिनिधित्व हुनुपर्ने समग्र कर्णाली जनताको माग रहेको छ। नेपालको संघीय मन्त्रालयमा कर्णाली प्रदेशमा न्युनतम दुई जना प्रतिनिधित्व हुनु पर्ने माग सहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष बुझाइएको छ।

उक्त ज्ञापनपत्र आज कर्णाली प्रदेशका बिद्यार्थी नेता मनसिङ धामी को नेतुत्त्वमा प्रधानमन्त्री निवास बालुवाटार मा बुझाइएको छ । प्रधानमन्त्रीले उक्त कार्यक्रममा कर्णाली प्रदेशका न्युनतम दुई जना प्रतिनिधिलाई संघीय मन्त्रालयमा राखी प्रमुख राजनीतिक सल्लाहकार समेत राख्न सरकारले पहल गर्ने भनाइ व्यक्त गर्नुभयो।

कार्यक्रममा सरकारी निकायको हेपाहा प्रवृत्तिले गर्दा कर्णाली प्रदेश नं. ६ को विकासका लागि अब पछाडी नहट्ने कर्णाली प्रदेशका बिद्यार्थी नेता धर्मेन्द्र के.सी र प्रमोद उपाध्यायले धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्