कार्यक्रममा आउने भन्दै सलमानले ५ करोड लगिसकेको खुलासा, आयोजक तनाबमा…(भिडियो सहित)



विप्लव माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भयो । तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अगि्रम लिइसकेको बुझिएको छ ।

सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले बतायो ।

तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । तर सँधैका लागि रद्द गर्न सकिने विषयमा केही उल्लेख छैन । त्यसैले यदि ओडीसी इन्टरनेसनलले भविष्यमा यो कार्यक्रम गर्न सकेन भने उसको पाँच करोड फिर्ता ल्याउन कठिन हुनेछ । भिडियोमा हेर्नुहोस यसकारण छ आयोजकको पाच करोड डुब्न सक्ने खतरा, आखिर किन पैसा लिएर पनि आएनन त सलमान कतै नेपाली आयोजकलाई बोरामा त हालेनन ?

प्रतिक्रिया दिनुहोस्