
जिम्बाबेका स्वास्थमन्त्री डेभिड परिनेतावाले चीनबाट आयात गरिएका कण्डम साह्रै सानो भएको गुनासो गरेका छन्। गएको हप्ता जिम्बाबेको हरारेमा भएको एचआइभी÷एड्स रोकथामसम्बन्धी एक सम्मेलनमा स्थानीय समाचारहरुको हवाला दिँदै उनले सो गुनासो गरेका हुन्।
जिम्बाबेका युवाहरुमाझ चीनबाट आयातित कण्डमहरु लोकप्रिय छ।‘दक्षिण अफ्रिकी देशहरु एचआइभी÷एड्सको उच्च जोखिममा छन् र हामीले युवाहरुबीच कण्डम प्रयोग बढाउने अभियान चलाएका छौँ,’ मन्त्री परिनेतावाले भने, ‘हामी आफै कण्डम बनाउँदैनौँ र चीनबाट आयात गर्छौँ, तर चीनबाट ल्याइएका कण्डमहरु सानो भएको गुनासो आएको छ।’ उनले स्वदेशी कम्पनीहरुलाई कण्डम उत्पादन गर्न आग्रह पनि गरे।
यता जिम्बाबेबाट कण्डम नै सानो भएको गुनासो आएपछि चिनियाँ कम्पनी डाक्सिआङले आफ्ना अबका उत्पादनहरु ठूलो साइजका हुने बताएको न्यूजविकले लेखेको छ। कम्पनीको तर्फबाट पठाइएको इमेलमा चिनियाँहरु बाक्लो खालको कण्डम मन पराउने गरेको समेत उल्लेख गरिएको छ।
कण्डम विश्वभर नै रुचाइएको अस्थायी साधन हो। यौनसम्पर्कको बेला यो ८२ प्रतिशत सुरक्षित अस्थायी साधन मानिन्छ। युएनका अनुसार जिम्बाबेका १३।५ प्रतिशत जनता एचआइभी संक्रमणमा रहेका छन् भने वार्षिक ४० हजारजति नयाँ संक्रमणमा पर्ने गरेका छन्। एचआइभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क नै हो।