
बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगन हुँदा दुःख मनाउ नगर्नु पर्ने स्टाटस लेखेका चर्चित हाँस्य व्यांग्य कलाकार केदार घिमिरेले माग्ने बुढाले माफी मागेका छन् । ‘हतारमा गल्ती भएको’ भन्दै माग्नेले उक्त स्टाटस लेखेको प्रति माफी मागेका हुन् ।
माग्ने बुढा लेख्छन्, ‘हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो ।’
१.सलमान, आयोजक र सलमानका प्रशंसकसँग क्षमा चाहन्छु ।
२. हेपाहा प्रबृत्ति नाजायज नै हो । छिमेकी छिमेकी बिच बराबरीको सम्बन्ध हुनु पर्दछ । म भन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ ।
‘इजरायल जाँदा दिल्लीमा मलाई दाह्री काट्न दिइएको दबाब, सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कंदा बोर्डरमा सहेको हेपाई, कपिल आउँदा जितु नेपालको अपमान, सिमाना मिचाई, बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दुःख नमाने हुने देखिन्छ । हामीसँग पनि अनमोलहरू छन् ।
नोट : नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ, नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ । नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ । नेपामा जन्मिने बच्चाले पहिलो शब्द “आमा“ नै बोलुन, मदर, माँ वा मम् नबोलुन् । भाषा सकियो देश सकियो । (सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।’ लेखेपछि सलमानका शुभचिन्तकले माग्ने बुढाप्रति रोष प्रकट गरेका थिए । (नया खोज 24)





