
काठमाडौं । विबादित निर्मात्री तथा नायिका सुस्मिता केसी फेरी एक पटक चर्चामा आएकी छिन् । पूर्वपति भुवनकेसीसँग एकसाथ बसेका आफ्ना छोरा अनमोललाई होलीमा शुभकामना दिँदै सुस्मिताले आफ्नै छोरालाई भिन्न किसिमको स्टाटसका माध्यमबाट आशिर्वाद भन्दै उसको सत्यनाश होस् भन्न समेत पछि परेकी छैनन् ।
आफ्ना छोरा अनमोलप्रतिको आक्रोश र रिस पोख्दै सुस्मिताले होली पर्वको अवसरमा छोरा अनमोललाई शुभकामना दिइन्–‘सत्यनाश’ । सुस्मिताले अगाडी थपेकी छिन् ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ रु डिङ्गो पुत्रको सत्यनास।।यही हो मेरो डिङ्गो डिप्लोमाटिक पुत्रलाई होलीको आशिर्वाद ।’