सलमानको कन्सर्ट स्थगित हुँदा फेसबुकमा माग्नेबुढाले लेखे मनछुने स्टाटस



भारतीय अभिनेता सलमान खानको नेपाल यात्रा स्थगित भएपछि सामाजिक सञ्जाल गर्मिएको छ । कलाकार्मीदेखि सर्वसाधारणसम्मले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् ।

देशको जल्दोबल्दो विषयमा तत्काल समाजिक सञ्जालमा प्रतिक्रिया जनाउने एक कलाकार हुन् केदार प्रसाद घिमिरे ‘माग्नेबुढा’ । उनले सलमानको कन्सर्ट स्थगित हुँदा धेरै दुख मान्नु नपर्ने भन्दै तात्तातो स्टाटस लेखेका छन् ।

उनले स्टाटस मार्फत लेखेका छन् :”इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब,सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई , बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ। हामीसंग पनि अनमोलहरू छन। नोट : नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ,नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ ,नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ,नेपामा जन्मिने बच्चाले पहिलो शब्द “आमा” नै बोलुन, मदर, माॅ वा मम् नबोलुन। भाषा सकियो देश सकियो।(सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।”

प्रतिक्रिया दिनुहोस्