रावा बैंकको एक्स्टेन्सन शाखा शुरु



संखुवासभा, १९ फागुन

यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गर्नुभयो ।  प्रदेशसभाका सदस्य तुलसीप्रसाद न्यौपानेले उद्यमी, व्यापारी र किसानले व्यवसायी र उद्यमशील बनेर जीवनस्तर उकास्न बंैकले सहयोग गर्ने धारणा राख्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार जोशीले ११८औँ एक्सटेन्सन शाखाका रुपमा रहेको सो वाणिज्य बैंकबाट बैंकिङ कर्जा सेवाबाहेक सम्पूर्ण सेवा सुविधा दिइने जानकारी दिनुभयो । जोशीका अनुसार रावा बैंक चैनपुरले रु ४२ करोड कर्जा प्रदान गरेकामा रु २२ करोड बजारवासीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्