
नाइजेरियामा एकैपटक १३० महिलाहरु विधवा भएका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार १३० महिलाहरुका श्रीमान् ९३ वर्षिया मोहम्मद बेलो अब्बूकरको निधन भएपछि उनीहरु विधवा भएका हुन् ।२०३ सन्तानका पिता अब्बूकरका अनाथ सन्तानको संख्या बढ्ने क्रममा छन् ।
अझैपनि उनका केहि श्रीमतीहरु गर्भवती नै छन् । पेशाले इस्लामी मौलवी अब्बूकरले विवाह गरिरहनु आफ्नो पवित्र अभियान भएको बताएका थिए ।अब्बूकर श्रीमतीको संख्याबारे मात्र नभएर कुरानको विवादित व्याख्याका लागि पनि चर्चामा थिए ।
उनी कुरानमा पुरुषले जतिपनि विवाह गर्न पाउने प्रावधान भएको बताउँथे ।केही समय पहिले पुरुषले बिना कुनै समस्या श्रीमतीहरु सम्हाल्न सक्ने बताएपछि उनी आलोचनाको सिकार बनेका थिए ।