
हिमाली तथा पहाडी क्षेत्रमा बिहीबार रंग र सद्भावको पर्व होली हर्षाेल्लासका साथ मनाइएको छ । यसैक्रममा कलाकारहरुले पनि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जम्मा भएर होली मनाएका छन् ।
रेडियो अडियोले नयाँ बानेश्वर चोकमा गरेको होली विशेष कार्यक्रम, गोपीकृष्ण भएको र नायिका करिष्मा मानन्धरले गोदावरीमा गरेको होली कार्यक्रममा कलाकारहरु पुगेका थिए । उनीहरु कलाकार, दर्शक र सहभागीबीच एक आपसमा रंग दलेर होली पर्वको शुभकामना आदन प्रदान गरे ।





