
एजेन्सी । दिनको सबै महत्वपूर्ण कार्यका लागि धर्मशास्त्रमा विभिन्न मन्त्रहरु उल्लेख गरीएका छन्। नुहाउने समयमा पनि मन्त्र जप गर्नु पर्छ। नुहाउने बेलामा जप, भजन वा भगवानको नाम लिन सकिन्छ। यसो गर्नाले खुल्नेछ तपाईको भाग्य। नुहाउने बेलामा यो मन्त्रको जप गर्नु उत्कृष्ट मानिन्छ मन्त्र: गंगे च यमुने चैव गोदावरी सरस्वति। नर्मदे सिन्धु कावेरी जलऽस्मिन्सन्निधिं गुरु।।
स्नान गर्दा पवित्र नदीहरुको नामलाई जप गर्नाले तीर्थ स्नानको पुण्य मिल्छ। जस प्रकारले तिर्थमा स्नान गर्नाले सबै प्रकारको नकारात्मकताबाट मुक्ति मिल्छ, ठिक त्यस्तै फल नुहाउने बेलामा उक्त श्लोकको जपबाट पनि मिल्छ। साथै दुर्भाग्यबाट पनि मुक्ति पाइन्छ। कस्तो स्नान सबैभन्दा राम्रो हुन्छ गरुड पुराणको अनुसार, समयको आधारमा ४ प्रकारका स्नानहरू बताईएको छ। ती स्नानहरु ब्रह्मा स्नान, देव स्नान, ऋषि स्नान र दानव स्नान हो। यीनीहरूसँग सम्बन्धित विशेष कुराहरू जान्नुहोस्।
१. ब्रह्म स्नान बिहान-बिहान ब्रह्मा साहितमा अर्थात बिहान ४-५ बजे गरीने जुन स्नान भगवानलाई चिन्तन गर्दै स्नान गरीन्छ यसलाई ब्रह्मा स्नान भनिन्छ। यस्तो प्रकारको स्नान गर्नाले इष्टदेवको विशेष कृपा प्राप्ति हुन्छ र जीवनमा दुखको सामना गर्नु पर्दैन।
२. देव स्नान आजको समयमा धेरै मानिसहरूले सूर्योदय पछि स्नान गर्छन्। कुनै मानिसले सूर्योदयपछि कुनै नदीमा स्नान गर्छ वा घरमा विभिन्न नदीहारुको नाम लिएर जप गर्दै स्नान गर्छ भने त्यस स्नानलाई देव स्नान भनिन्छ। यस्तो स्नानले पनि व्यक्तिको जीवनको सबै समस्याहरु हटेर जान्छ।
३. ऋषि स्नान यदि एक व्यक्तिले बिहान-बिहान आकासमा ताराहरू भएको समयमा स्नान गर्छ भने त्यो स्नानले ऋषि स्नान भनिन्छ। सामान्यतया जुन स्नान सूर्योदय भन्दा अगाडी गरीन्छ त्यसलाई मानव स्नान भनिन्छ। सूर्योदय भन्दा पहिले गरीने स्नान नै उत्तम हुन्छ।
४. दानव स्नान अहिलेको समयमा धेरै मानिसहरूले सूर्योदय पछि चिया नाश्तापछि गर्छन्, त्यस्ता स्नानलाई दानव स्नान भनिन्छ।





