श्रीदेबिलाई देखेर सलमानको गह यसरी भरियो !



मृत्यु एउटा तितो सत्य हो, जसलाई कसैले चिर्न र जित्न सक्दैन । मृत्यु आउने न त कुनै समय हुन्छ, न कुनै सूचना । यो आउँछ टप्प टिप्छ, अनि जान्छ जसलाई कसैले चाहेर पनि फर्काउन सम्भव छैन । जन्म सँग-सँगै मानिसले मृत्यु पनि साथमै लिएर आएको हुन्छ । र, मृत्युसँगै एउटा जीवनको अन्त्य पनि । यो सब थाहा हुँदा हुँदै पनि मानिस भाबबिहोल हुने गर्दछ । यस्तै धेरैलाई रुवाएर गईन् बलिउडमा ४ दशक राज गरेकी श्रीदेबिले पनि ।

मंगलवार साँझ साढे १० बजे श्रीदेवीको पार्थिव शरीर दुबईबाट मुम्बई ल्याइएको थियो । बुधवार दिउँसो उनको अन्तिम संस्कार गरियो । श्रीदेवीको पार्थिव शरीर मुम्बईमा ल्याए सँगै बलिउडका चर्चित कलाकारहरु अन्तिम दर्शनका लागि उनको घर पुगेका थिए ।

सलमान खान, शाहरुख खान, अजय देवगन, अनिल कपुर, पूनम ढिल्‍लन, करन जोहर, मनीष मल्होत्रा, राजपाल यादवसहित कयौं व्यक्तिहरुले उनलाई अन्तिम श्रद्धाञ्जली दिए । बलिउडका ‘दबंग’ सलमान खान पनि श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन उनको घर पुगेका थिए । तर, उनले आफ्नो आँशु रोक्न सकेनन् ।

श्रीदेवीको शव देखेपछि सलमान गहभरी भए । सलमानको कपूर परिवारसँग निकै नजिकको सम्बन्ध छ । सलमानले श्रीदेवीसँग केही चलचित्रमा सँगै काम गरेका थिए । सन् १९९४ मा ‘चांद का टुकडा’ मा पहिलो पटक सलमान र श्रीदेवीले स्क्रिन शेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्