पाशुपत क्षेत्र वनकालीमा भइरहेको यज्ञ कोटिहोम होइन : पण्डित नवराज पराजुली (भिडियो सहित)



१५ फागुन २०७४, काठमाडौँ ।

पाशुपत क्षेत्रको वनकालीमा ईश्वर कृष्ण भुर्तेल वास्तविक नाम भई ईश्वरशरण महाराजजी बताउने भुर्तेलले सञ्चालन गरिरहेको कोटीहोम तथा तुलादानको विवाद अहिले उत्कर्षमा छ । ४ वर्षका नाबालक देखि ५० वर्षमाथि उमेर समुहका सबैलाई तुलादान गराई करोडौं उठाइरहेका भुर्तेलकोअर्काे कर्तुत जानकारीमा आएको छ । कलियुगमै पहिलो पटक गौशालाको भण्डारखालमा अश्वमेद यज्ञ गरिरहेका विद्धान पण्डित नवराज पराजुलीका अनुसार वनकालीमा भइरहेको कोटिहोम यज्ञ मात्र हो ।

कोटीहोम र तुलादान गरिरहेका भुर्तेलले गरेको यज्ञमा वैदिक शास्त्रअनुसार तुलादान नभएको भन्ने उजुरीका आधारमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा सहित विभिन्न धार्मिक व्यक्तित्वहरु र संचारकर्मीहरु बुझ्न जाँदा परिवर्तनकर्मी मेघराज पहाडी, राजु पोखरेल लगायत पशुपतिका पुजारी केदारमान भण्डारी लगायत धार्मिक गुरुहरुलाई समेत उनले कुट्न उत्प्रेरित गरेका थिए ।

तुलादानमा विवादित भुर्तेलले कुटपिट गराएपछि विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति प्रदेश ३ ले पत्रकार सम्मलेन गरी घटनाको निन्दा गरिसकेका छन् । विवादित यज्ञको बारेमा पण्डित नवराज पराजुलीसँग कुरा गर्दा निज भुर्तेलले लगाएको कोटीहोम समेत यज्ञमात्र भएको बुझिएको छ । शास्त्रअनुसार कोटीहोम आयोजना गर्न १०० ब्राम्हणहरुले २७ यज्ञ कुण्डमा २७ दिन हवन गर्नुपर्छ तर वनकालीको कोटीहोम भनिएको स्थलमा जम्मा १ यज्ञकुण्डमा केही ब्राम्हणहरुले यज्ञ गरिरहेका छन् ।

महाराज, धर्मको नाममा तपाईले विगतदेखि आयोजना गरेका धार्मिक कार्यहरु अर्थ संकलनमै केन्द्रित देखिए । द्रव्यले मात्र नपुगेर निकट भविष्यमा गोकर्णेश्वरमा धातु दान पनि गराउँदै हुनुहुन्छ रे ! हिन्दु संस्कृति मै रहेर धर्मलाई व्यापार बनाई सोझा व्यक्तिहरुलाई स्वर्ग पुर्याउने तपाईका झुटा प्रवचनले आफ्नो स्वर्गद्वार बन्द होला कि ?

विषयसँग सम्बन्धित थप समाचारहरु:

प्रतिक्रिया दिनुहोस्