तुलादानको नाममा करोडौं ठगी (भिडियो सहित)



काठमाडौँ, १३ फागुन ।

अहिले पाशुपत क्षेत्रमा धर्मगुरु धारण गराईएका वा पद्वी दिईएका महाराज जीले चार वर्षका नाबालक बालबालिका देखि बाल उमेर समुहका हजारौं बालबालिकाहरुलाई तुलादान गराएको पाईयो । पाँच लाख भन्दा धेरै नेपालीलाई तुलादान गराउने अभियान १९ गतेसम्म गर्ने योजना रहेछ ।

वैदिक ज्ञाताका अनुसार तुलादानको विषयमा वैद्धिक धर्मग्रन्थ वेद तथा उपनिषद्ममा प्रष्ट उल्लेख गरिएको छैन । यद्दपि पछिल्ला कालखण्डमा धर्मगुरुले तुलादानको बारेमा व्याख्या गरेका पाईन्छ । पछिल्लो व्याख्या अनुसार पनि  तुलादानको लागि दश हजार पूर्णचन्द्र दर्शन, चारधाम यात्रा, वैद्दिक कर्मकाण्ड पुरा गरेको व्यक्ति हुनु पर्ने मान्यता रहेको पाईन्छ । यी सबै प्रक्रिया पुरा गर्दा व्यक्ति झन्डै चौरासी वर्ष पुग्दो रहेछ ।

तुलादानको विषयमा बुझ्न जाँदा पुजारी तथा धार्मिक अभियन्ताहरुमाथि हातपात भएपछी विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समिति प्रदेश-३ ले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्यो ।

पत्रकार सम्मेलनमा धार्मिक अभियन्ताहरुको विचार सारसंक्षेप :

धर्मको नाममा लुट भएको छ : केदारमान भण्डारी, पुजारी तथा भण्डारी श्री पशुपतिनाथ मन्दिर

पाशुपत क्षेत्रमा आयोजित धर्मको नाममा जारी तुलादान पद्दति नै धार्मिक मान्यता विपरित छ । उनीहरुले गरेको कामको बारेमा बुझ्न जाँदा हामी स्थानीय तथा धार्मिक अभियन्ता माथि नै आक्रमण भएको छ । आज हामी माथि आयोजकले आक्रमण गरे, भोलि नेपाल र नेपालीको संस्कृति माथि आक्रमण गर्नेछन । उनीहरुले धर्मको नाममा लुटिहरेका छन् । यसलाई रोक्नु पर्छ ।

महाराज ! चार वर्षको नाबालकलाई तुलादान गर्न मिल्छ ? : सागर थापा, अध्यक्ष, विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समिति

महाराज धर्मको नाममा गरिएको पुन्य कर्म बारे बुझ्न खोज्दा हामी माथि आक्रमण भयो । हामीलाई जानकारी बक्सियोस, हाम्रो कुन वैदिक ग्रन्थले चार वर्षका नाबालकलाई तुलादान गराउने नियम र पद्दिती छ ?

उपेन्द्र बहादुर गौतम : अध्यक्ष, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति

मैले बुझे अनुसार सके सुन, नसके चाँदी त्यो पनि नसके आफू वरावरको सिक्का पैसा तराजु राखेर जोखिनु नै तुलादान हो । यो हाम्रो वैद्दिक ग्रन्थमा चाहिँ मैले पढेको छैन ।

 

हिसाबकिताब पारादर्शी हुनुपर्छ : हरिबोल भट्टराई, धार्मिक अभियन्ता तथा पुर्व प्रमुख; काठमाण्डौ महानगरपालिका

 

सामाजिक हितको लागि आयोजना गरिएको कार्यकमको बारेमा बुझ्न जाँदा धार्मिक अभियान्ताहरु माथि नै हातपात हुनु अधार्मिक कार्य हो । आयोजकहरुले धर्मको नाममा उठाएको रकमको पारदर्शिता, उद्देश्य र गरेका कामको हिसाबकिताब जनतालाई दिनु पर्छ ।

पुरा जानकारीको लागि भिडियो हेर्नुहोस् :

सम्बन्धित थप समाचारहरु :

http://www.pariwartankhabar.com/2018/02/25/12884

http://www.pariwartankhabar.com/2018/02/25/13106

 

प्रतिक्रिया दिनुहोस्