
चलचित्र ‘कृ’बाट सिने क्षेत्रमा डेब्यु गरेकी नायिका अदिति बुढाथोकीको हट तस्बिरले यतिखेर सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
पहिलो चलचित्र ‘कृ’बाटै स्थापित हुन सफल नायिका अदिति बुढाथोकीले सामाजिक सञ्जालमार्फत हट तस्बिरहरू पोस्ट गर्दै आएकी छिन् । उनले पोस्ट गरेका तस्बिरले निकै चर्चा पाइरहेको छ ।
अध्ययनका लागि भारत बस्दै आएकी अदितिले भारतबाटै मोडलिङ सुरु गरेकी हुन् । जसले गर्दा उनलाई भारतीय सञ्चारमाध्यमले पनि त्यत्तिकै पछ्याउने गरेका छन् । उनलाई भारतीय सञ्चारमाध्यमले बलिउडकी नायिका सनी लियोनसँग दाँज्न थालेका छन् ।






