धार्मिक विकृतिको विरुद्ध धार्मिक संस्था कै पत्रकार सम्मेलन (भिडियो सहित)



काठमाडौँ, १३ फागुन

पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमबारे बुझ्न गएका धार्मिक अभियन्ता तथा संचारकर्मीहरु माथि आयोजकले कुटपिट गरेपछि धार्मिक संस्थाहरुले नै पत्रकार सम्मेलन आयोजना गरी घटनाको निन्दा गरेका छन् । आज दिउँसो रिपोटर्स क्लबमा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति प्रदेश -३ र विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनको संचालन विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापाले गरेका थिए । कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष उपेन्द्र बहादुर गौतम, पशुपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारी लगायत धार्मिक अभियन्ता तथा गुरुहरुले घटनाको विरोध गरेका छन् । पत्रकार सम्मेलनमा जारी भएको प्रेस विज्ञप्ति र सहभागी वक्ताहरुको धारणा  यस्तो रहेको छ ।

विषयसँग जोडिएका थप समाचारहरु :

प्रतिक्रिया दिनुहोस्