धुर्वराज न्यौपानेको संयोजकत्वमा नेपाल कुरास संघको तदर्थ समिति गठन



१३ फागुन २०७४ काठमाडौं ।

रास्ट्रिय खेलकुद परिषदले धुर्वराज न्यौपानेको संयोजकत्वमा नेपाल कुरास संघको तदर्थ समिति गठन गरेको छ ।

परिषदको माघ १५ गते बसेको बैठकले संघको १८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । यससंगै संघको गठित तदर्थ समितिले बिधान मुताविक ३ महिना भित्रमा जिल्ला तथा क्षेत्रीय तहको निर्वाचन सम्पन्न गरी संघको निर्वाचन गर्नुपर्नेछ ।

यस अघि दान बहादुर घिसिंगको नेतृत्वमा स्थापित संघको तदर्थ समितिले बिधान अनुसार समयमै निर्वाचन गर्न असमर्थ रहेको लगायत अन्य कारणहरुले गर्दा रास्ट्रिय खेलकुद परिषदले उक्त समिति बिघटन गरि न्यौपानेको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो । न्यौपाने विघटित समितिको सचिव समेत हुन् ।

जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष तथा संघका पुनर्गठित समितिका संयोजक न्यौपानेले बिधान अनुसार तोकिएकै समयावधि भित्रमा सम्पूर्ण प्रकृया सम्पन्न गरि संघको निर्वाचन गर्न नया तदर्थ समिति सफल हुनेमा बिश्वस्त रहेको बताए । समितिमा सम्बन्धित क्षेत्रका जानकार, सकृय र अनुभवी सदस्यहरु रहेका कारण प्राप्त जिम्मेवारी सहज ढंगले सम्पन्न हुनेमा उनि ढुक्क देखिएका हुन् । परिषदद्वारा पत्र प्राप्त हुनासाथै जिल्ला समितिहरु निर्माणमा आफुहरु गहन तरिकाले लागिसकेको संयोजक न्यौपानेले बताएका छन् ।

पुनर्गठित कुरास संघको तदर्थ कमिटीमा प्रकाश चन्द्र भट्टराई, अर्जुन लिम्बु, युवराज बिष्ट, प्रतिक्षा खरेल, निरज श्रेष्ठ, देवराज लामा, श्रुति खरेल, उत्तम अधिकारी, सुरत खत्री, हरिराम ढुंगाना, बिकाश बिक्रम शाह, दिपक सिंह, दिपक श्रेष्ठ, जीवन राइ सदस्यहरु रहेका छन् भने रास्ट्रीय खेलकुद परिषदका २ जना प्रतिनिधि रहनेछन् ।

कुरास मार्सल आर्ट अन्तरगतको एक कुस्ती खेल हो । बिस्वका बिभिन्न देशमा कुरास खेल खेलाइन्छ भने यसको केन्द्रिय कार्यालय उज्वेकिस्तानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्