यसरी फन्डामा फस्दै छिन् साम्राज्ञी



राज्यलक्ष्मी शाहलाई जानी–नजानी चर्चाको साटो विवादमा ल्याउने काम हुन थालेको छ । बेलायतको भिसा अस्वीकृत हुनुमा उनको कुनै दोष थिएन, यद्यपि यो प्रसंगलाई राम्रै गसिप बनाइयो । दोस्रो पटकको प्रयासमा उनले भिसा पाइन्, जसको खासै चर्चा गरिएन । बेलायतबाट फिलिपिन्स जाने क्रममा साम्राज्ञीले बोल्दै नबोलेको भनिएको कुरालाई पुनःएकपटक गसिप बनाइयो । उनले ‘सपनामा पनि सोच्न नसकेको ’ कुरामा आउदा आश्चर्य लागेको उल्लेख गर्दै आफूलाई सहरिया मात्र होइन, गाउले भूमिका निर्वाह गर्न समेत कुनै आपत्ति नभएको बताइसकेकी छिन् । त्यसपछि फिलिपिन्समा स्तनको मुन्तिर ट्याटु बनाएको प्रसंगले उनलाई नराम्रो झट्का दियो । ट्याटू बनाउने कलाकारले ट्याटुसहितको तस्विर सार्वजनिक गरिदिएपछि साम्राज्ञी आलोचित भइन् । साम्राज्ञीलाई आगामी दिनमा यस्ता साना–ठूला विवादमा तान्ने प्रयास अझ हुने गर्दै जानेपक्का छ— आखिर स्टार जो ठहरि न् ?

प्रतिक्रिया दिनुहोस्