चौथो ‘बंगलादेश एक्स्पो’ शुरु



काठमाडौँ, ११ फागुन

नेपालस्थित बंगलादेशी दूतावासको आयोजनामा ‘चौथो बंगलादेश एक्स्पो’ आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

यही १५ फागुनसम्म जारी रहने एक्स्पोमा नेपालका विभिन्न उद्योगीका १५ तथा बंगलादेशका व्यवसायीका ५५ बिक्री कक्ष राखिएको छ । नेपालका उद्योगीले विभिन्न कपडाजन्य उत्पादनलाई यहाँ समावेश गरेका छन् ।

बगंलादेशका विभिन्न व्यापारिक कम्पनीले लत्ता कपडा ९टेक्सटाइल०, विद्युतीय सामाग्री, प्लास्टिक, चकलेट, मोटरसाइकललगायत सामग्रीको प्रवद्र्धनका कक्षसमेत राखिएको छ । केही कम्पनीले आफ्ना उत्पादनलाई नेपाली मागअनुसार कसरी बजार व्यवस्थापन गर्न सकिन्छ रु भनेर डिलरको खोजीसमेत गरेको पाइएको छ ।

बंगलादेशका २३ कलाकारले सिर्जना गरेका दृश्य, मूर्त तथा अमूर्त चित्रसमेत एक्स्पोको अर्को आकर्षण बनेको छ । नेपालका लागि बंगलादेशका राजदूत माशफी बिन्टे शाम्स्ले दुवै मुलकबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उक्त स्थानमा हुने दुई देशका व्यवसायीको अन्तक्र्रियाले व्यापारिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्