नेपाल मण्डल पर्यटन महोत्सव हुने



काठमाडौँ, ११ फागुन

नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठान तथा राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा यही फागुन १८ देखि नेपाल मण्डल पर्यटन महोत्सव हुने भएको छ ।

जामाचो सञ्चार उत्सव तथा नेपाल मण्डल पर्वतमाला साइकल उत्सव नाराका साथ आयोजना हुने सो महोत्सव नेपाल पर्यटन बोर्डमा शुरु हुनेछ ।

समृद्ध इतिहास बोकेको नेपाल मण्डलको परम्परा तथा संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्न उक्त महोत्सव गर्न लागिएको मण्डलका सचिव पद्म श्रेष्ठले जानकारी दिनुभयो ।

यसअन्तर्गत उपत्यकाको उत्तर पश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा यही फागुन १८ गते संचारकर्मीको सहभागितामा सञ्चार उत्सव हुनेछ ।

त्यस्तै सात दिवसीय नेपाल मण्डल साइकल ¥याली महोत्सव जामाचोदेखि शुरु भई बालाजुको चित्लांगमा पुगी समापन हुनेछ । यो  कार्यक्रम फागुनको मसान्तभित्र सम्पन्न हुनेछ ।

यस कार्यक्रमका लागि ३६ सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्ने जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्