सामुदायिक भवनका लागि महायज्ञबाट २२ लाख संकलन



भक्तपुर, ११ फागुन

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु २२ लाख संकलन भएको छ ।

महायज्ञबाट संकलित रकमका साथै वडाद्वारा प्रदान गरिने सबै सरकारी सेवा उपलब्ध गराएर सामुदायिक भवन निर्माण गरिने उक्त नगरपालिकाको उक्त क्षेत्रका वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।

रु ६० लाखको लागतमा निर्माण गरिने उक्त भवनका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायत स्थानीयवासीले सहयोग  गर्नुभएको र नपुग रकम नगरपालिका र वडा कार्यालयले व्यहोर्ने वडाध्यक्ष केसीले जानकारी दिनुभयो । पण्डित रामचन्द्र ढुंगानाले कथा वाचन गर्नुभएको महायज्ञ आजबाट समापन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्