काठमाडौैं–प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी कार्यालयको विदेश भ्रमण रोक्न बिहीवार कडा निर्देशन जारी गरेको छ। मन्त्रिपरिषद कार्यालयले अर्को सूचना जारी नभएसम्म स्वीकृत भएकासहित सबै सरकारी निकायका विदेश भ्रमण रोक्न मन्त्रालय र विभागलाई निर्देशन जारी गरेको छ।
अनुत्पादक विदेश भ्रमणले राज्यको ढुकुटी रित्याउने काममात्रै भएको भन्दै आलोचना भइरहेका सन्दर्भमा नयाँ सरकारले यो निर्णय गरेको हो।