अमेरिकी इतिहासकै खराब राष्ट्रपति डोनाल्ड ट्रम्प !



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो । एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४आैँ स्थानमा परेको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपतिले गरेका काम, उपलब्धि, विवाद, व्यक्तिगत चरित्र तथा कार्यकालको मूल्यांकनका आधारमा उनीहरूलाई नम्बर दिइएको थियो ।

ट्रम्पलाई सयमा १२ अंक
सर्वेक्षणमा सहभागीहरूले एकदेखि सय अंकसम्म दिन पाउने प्रावधान थियो । सय नम्बर पाउने सर्वोत्कृष्ट तथा शून्य नम्बर पाउने खराब भनिएको छ । सर्वेक्षणमा ट्रम्पले १२ अंक पाएका छन् । ट्रम्पले प्राप्त गरेको अंक सबैभन्दा कम हो । यसै अंकका आधारमा ट्रम्प इतिहासकै खराब अमेरिकी राष्ट्रपति बनेका हुन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाले ७१ अंक पाएका छन् । उनी उत्कृष्ट राष्ट्रपतिको सूचीमा आठौँ स्थानमा रहेका छन् ।

राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले सबैभन्दा कम १२ अंक र अब्राहम लिंकनले सर्वाधिक ७५ अंक पाए

लिंकन सर्वोत्कृष्ट राष्ट्रपति
राजनीतिक विशेषज्ञ र अमेरिकी जनताले पूर्वराष्ट्रपति अब्राहम लिंकनलाई १०० मध्ये ७५ अंक दिएका छन् । लिंकन अमेरिकी राष्ट्रपति इतिहासकै सर्वोत्कृष्ट भएको जनाइएको छ । जर्ज वासिङ्टन ९३ अंकका साथ दोस्रो स्थानमा छन् । सर्वेक्षणमा डेमोक्रेटिकबाट ५७, रिपब्लिकनबाट १३ तथा अन्य विचारधारबाट २७ प्रतिशतले सहभागिता जनाएका थिए ।

पाँच उत्कृष्ट राष्ट्रपति
१ अब्राहम लिंकन
२ जर्ज वासिङ्टन
३ फ्यालिन रुजवेल्ट
४ थियोडर रुजवेल्ट
५ थोमस जेफरसन

पाँच खराब राष्ट्रपति
१ डोनाल्ड ट्रम्प
२ जेम्स बुकैनन
३ विलियम हेनरी हेरिसन
४ फ्यालिन पियर्स
५ एन्ड्र्यु जोन्सन

सन् १९८० पछि पाँच उत्कृष्ट
१ बाराक ओबामा (आठौँ स्थान)
२ जर्ज डब्लु बुस (३०औँ स्थान)
३ बिल क्लिन्टन (१३औँ स्थान)
४ जर्ज एच डब्लु बुस (१७औँ स्थान)
५ रोनाल्ड रेगन (नवौँ स्थान)

पदबाट हटेपछि ओबामा चर्चित
दुईपटक अमेरिकी राष्ट्रपति बनेका ओबामा अहिले अमेरिकीमाझ बढी चर्चित छन् । राष्ट्रपतिमा रहँदा उनी त्यति चर्चित थिएनन् । अहिले पदबाट हटेपछि ओबामा चर्चित राष्ट्रपति बनेको सर्वेक्षणमा देखिएको छ । ओबामाको वरीयतामा दश स्थान सुधार आएको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । चार वर्षअघि भएको सर्वेक्षणमा ओबामा १८औँ स्थानमा थिए । त्यसवेला उनी राष्ट्रपति नै थिए । पछिल्लो ३८ वर्षको इतिहासमा ओबामालाई सबैभन्दा राम्रा राष्ट्रपतिका रूपमा हेरिएको छ । सन् १९८० मा रोनाल्ड रेगनपछि बनेका राष्ट्रपतिहरूले ओबामाभन्दा तलको वरीयता पाएका छन् ।

क्लिन्टन पाँच स्थान तल
ओबामाअघिका राष्ट्रपति बिल क्लिन्टन १३औँ स्थानमा छन् । सर्वेक्षणमा क्लिन्टन शीर्ष दशभित्र रहने अनुमान गरिएको थियो । तर, दुई वर्षअघि सम्पन्न राष्ट्रपति चुनावमा आफ्नी श्रीमती हिलारी क्लिन्टनको चुनावी अभियानमा लाग्दा क्लिन्टनको ख्याती कम भएको एजेन्सीहरूले जनाएका छन् । चार वर्षअघि क्लिन्टन आठौँ स्थानमा थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्