डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा (सूचीसहित)



काठमाडौं – धनगढीमा आगामी चैत १७ देखि सुरु हुने दोस्रो धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटका लागि खेलाडीहरुको अक्सन बुधबार (आज) सम्पन्न भएको छ।

बुधबार बिहान ७ बजेदेखि सुरु भएको अक्सन काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भएको हो। अक्सनमा ४ खेलाडी बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन सबैभन्दा महंगो रकममा बिक्रि भएका छन्। उनीहरु जनही १ लाख ५० हजारमा तीन अलग अलग क्लबमा अनुबन्धित भएका हुन्।

वसन्त रेग्मी विराटनगर किङ्स, करण केसी र आरिफ शेख महेन्द्रनगर युनाइटेड र अलराउण्डर सागर पुन रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन्। विराटनगरले पृथु बास्कोटालाई पनि १ लाख २० हजारमा अनुबन्ध गरेको छ। त्यस्तै विराटनगरले अन्य ५ खेलाडीलाई जनही १ लाखमा अनुबन्धन गर्दै खेलाडीको अक्सनमा ९ लाख ९५ हजार रुपैयाँ खर्च गर्दै महंगो टिम बनेको छ।
बिभिन्न क्लबमा अनुबन्धित खेलाडीको नामावली र रकम
क्लब रणनीतिक खेलाडी अनुबन्धित रकम
विराटनगर किङ्स पारस खड्का
वसन्त रेग्मी १ लाख ५० हजार
पृथु बास्कोटा १ लाख २० हजार
पवन सर्राफ १ लाख
रामनरेश गिरी १ लाख
सौरभ खनाल १ लाख
दिलिप नाथ १ लाख
अनिलकुमार शाह १ लाख

महेन्द्रनगर युनाइटेड बिनोद भण्डारी
करण केसी १ लाख ५० हजार
आरिफ शेख १ लाख ५० हजार
रोहित कुमार पौडेल १ लाख
भुवन कार्कीलाई १ लाख

रुपन्देही च्यालेन्जर्स शक्ति गौचन
सागर पुन १ लाख ५० हजार
सुशन भारी १ लाख
विक्रम कुमार भुषाल १ लाख
सिद्धान्त लोहनी १ लाख

सिवाईसी अत्तरिया दिपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल १ लाख
कृष्ण कार्की १ लाख
सन्दिप जोरा ९० हजार
सुवास खकुरेल ८० हजार

टिम चौराहा धनगढी सोमपाल कामी
योगेन्द्रसिंह कार्की १ लाख
ललित भण्डारी १ लाख
सोनु तामाङ १ लाख
सुनिल धमला १ लाख

काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्ल
ललित राजवंशी १ लाख
अमित श्रेष्ठ १ लाख
किशोर महतो १ लाख
शहाव आलमलाई १ लाख

प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका थिए। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्