श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने



कोलम्बो, ८ फागुन

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सरकारमा सहभागी हुनेभएको छ ।

देशको राजनीतिक अनिश्चितताको अन्त्य गर्दै संयुक्त सरकारमा सहभागीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

(एसएलएफपी) पार्टीका सांसद तथा सामाजिक शसक्तिकरण मन्त्री एस.बी. डीस्सानायाकेले आफ्नो पार्टी सरकारमा सहभागी भई राजनीतिक अनिश्चितताको अन्त्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेको युनाईटेड नेश्नल पार्टी (युएनपी)सँग गठबन्धन गरेर राष्ट्रपति सिरिसेनाको पार्टीले सरकार बनाउने भएको हो ।

एसएलएफपीले राष्ट्रपति सिरिसेनासँग सोमबार राष्ट्रपतिको सचिवालयमा बृहत छलफल गरिसकेको मन्त्री डीस्सानायाकेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्