बैंककमा दीपावलीका साथ प्रजातन्त्र दिवस



काठमाडौँ, ८ फागुन

थाइल्याण्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासमा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवस दीपावलीका साथ मनाइएको छ ।

उक्त दिवसका अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले आयोजना गर्नुभएको स्वागत समारोहमा थाई  सरकारका उच्च अधिकारी तथा गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थिति रहेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । तीन दिनसम्म उक्त दूतावासले दीपावलीका साथ उक्त दिवस मनाएको जनाइएको छ ।

यसैबीच, इस्लामावादस्थित नेपाली राजदूतावासमा पनि राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाइएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीले आयोजना गर्नुभएको उक्त समारोहमा पाकिस्तान सरकारका वरिष्ठ अधिकारीका साथै काम एवं अध्ययनका सिलसिलामा पाकिस्तानमा रहेका नेपालीको उपस्थिति रहेको उक्त दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्