नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने



काठमाडौं- विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ। क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ।

नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै नेपाल विश्वकप छनोटमा पर्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्