‘टप मोडल वल्डवाइड’ मा चौहान



काठमाडौँ, ७ फागुन

‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् ।

संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको प्रतियोगी चौहानले पत्रकार सम्मेलनमा बताउनुभयो । सन् २०१६ देखि मोडलिङ शुरु गर्नुभएका २९ वर्षीय वीरगञ्ज, पर्सा निवासी चौहान हाल काठमाडौँमा नै रहेर आफ्नो ‘मोडलिङ करिअर’लाई अगाडि बढाइरहनुभएको छ ।

‘टप मोडेल नेपाल २०१८’ का विजेता तथा ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६’का मिष्टर पर्सनालिटी हुनुहुन्छ । उहाँले नेपाली चलचित्र ‘पर्व’मा समेत अभिनय गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्